+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढीमा फर्निचर उध्योग जल्यो यता प्रदेश -२ का प्रमुखको मन जल्यो

Bhojpur paani
अत्रिदेव खबर
२०७७ फागुन २३, आईतबार

अत्रीदेव खबर /२३ फागुन कैलाली : धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराज पुगेका छन्।

धनगढी भ्रमणमा रहेका प्रदेश प्रमुख अहिराज आलोक मल्टी कन्सर्न प्रालिद्धारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा  निरीक्षणको लागि आइतबार बिहान पुगेका हुन्।

उनले भने, “बिहान हिड्दै क्षति भएको ठाउँमा गए, कस्तो मन पोल्यो। युवाहरु मिलेर गर्नु भएको  रहेछ। उहाँहरुले धेरेैलाई रोजगारी पनि दिनु भएको रहेछ।  तर उद्घाटन नहुँदैे आगोले खरानी भयो। मन पोेल्यो।”
आगलागीबाट झण्डै ८ करोड बराबरको क्षति भएको कैलाली प्रहरीले बताएको छ।

यद्यपी सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख र मुख्यमन्त्री तथा कुनै पनि प्रतिनिधि हालसम्म घटना स्थल पुगेका छैनन्।

२०७७ फागुन २३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन २३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर