+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रम मन्त्री र कतारका राजदूत बिच भेटवार्ता ः नेपालमा कतारी लगानी भित्राउने विषयमा छलफल

Bhojpur paani
अत्रिदेव खबर
२०७७ फागुन १९, बुधबार

अत्रिदेव खबर/१९फागुन
काठमाडौँ ः श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशङ्कर चौधरी र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हल बिच भेटवार्ता भएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटवार्तामा कतारमा रहेका नेपाली श्रमिकहरूको अवस्थाका बारेमा मन्त्री चौधरीले चासो दिनुका साथै कतारमा जि टु जि मार्फत सेक्युरिटी गार्ड लैजाने विषयमा छलफल भएको मन्त्री चौधरीका मुख्य स्वकीय सचिव खडक चौधरीले जानकारी दिए ।


भेटवार्तामा कतारका तर्फबाट नेपालको कृषि ,पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानी भित्राउने वातावरणका विषयमा समेत छलफल भएको र त्यस बिस सयमा कतार सरकार सकारात्मक रहेको राजदूत अल हलले बताएको श्रम मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

२०७७ फागुन १९, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन १९, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर