+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्रीपरिषद बैठक एक घण्टा पछाडी सारियो

अत्रिदेव खबर
२०७७ माघ २१, बुधबार

मंसिर ३, काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।

तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि अब पहिले सचिवालय बैठक बस्नेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमा बालुवाटारमा बस्ने जानकारी दिइसकेका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डले एकपछि अर्को पत्र सचिवालय बैठकमा राखेपछि नेकपा विवाद उत्कर्षमा देखिएको छ । – अनलाइन खबरबाट

२०७७ माघ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ माघ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ