+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बटुकहरूलाई शैक्षिक सामग्री, फलफुल वितरण गर्दै जन्मदिन मनाइयो

अत्रिदेव खबर
२०८२ भाद्र ६, शुक्रबार

सुखड : घोडाघोडी नगरपालिका–१ सुखडस्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पी.आर.)को जन्मदिन हिजो सामाजिक तथा शैक्षिक कार्यक्रमसहित मनाइएको छ।

पहिलो चरणमा घोडाघोडी मन्दिर परिसरमा बाल–बटुकहरूलाई शैक्षिक सामग्री, फलफुल र प्रसाद वितरणसँगै स्वस्तिवाचन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सहभागी बटुक तथा पण्डित गुरु श्री शंकर सञ्ज्यालले प्रसन्नता व्यक्त गर्दै आयोजकलाई आशीर्वाद प्रदान गर्नुभयो।
दोस्रो चरणमा संस्थागत विद्यालय घोडाघोडी क्लस्टर कमिटीले भण्डारीको जन्मदिन कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा अध्यक्ष रबिलाल आचार्य, मन रावल लगायत शिक्षाप्रेमी तथा शुभचिन्तकले शुभकामना मन्तव्य राख्नुभएको थियो।प्रिन्सिपल भण्डारीले सम्पूर्ण अतिथि र शुभेच्छुकलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रममा विद्यालय समुदायबीचको सहकार्य र आत्मीयता अझ प्रगाढ बनेको बताउनुभयो।

 

२०८२ भाद्र ६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र ६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ