+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेशमका बुबा लालवीर बने नागरिक उन्मुक्तिको अध्यक्ष

अत्रिदेव खबर
२०८२ श्रावण १५, बिहिबार

काठमाडौं  : नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ । रञ्जिता श्रेष्ठविरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पतिसमेत रहेका संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको हो ।

हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।

उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं। अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन। एउटा निकासको लागि मात्रै अघि बढेको छ।’

२०८२ श्रावण १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ