+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घाइते विद्यार्थी नेता भेट्न प्रचण्ड अस्पतालमा

अत्रिदेव खबर
२०८२ श्रावण १५, बिहिबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) उप-महासचिव रामचन्द्र भट्टलाई भेट्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुगेका छन्। भट्टलाई गत साउन ११ गते कञ्चनपुरमा भएको क्रान्तिकारीको बैठकमा भएको झडपमा टाउकोमा चोट लागेको थियो।

उपचाररत भट्टलाई भेट्न प्रचण्ड बिहीबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुगेको प्रचण्डको सचिवालयले जनाएकाे छ ।११ साउनमा कञ्चनपुरमा अखिल (क्रान्तिकारी)काे बैठकमा हानाहान हुँदा भट्टको टाउकोमा चाेट लागेको थियो ।

चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएका छन् ।

२०८२ श्रावण १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ