काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको जिकिर गरेकी छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताइन् । एमालेले हालै केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।
तर भण्डारीले ‘हुलहुज्जतको भरमा सदस्यता नवीकरण रोक्न नमिल्ने बताइन् ।


२०८२ श्रावण ९, शुक्रबार