+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवराज सुवेदीको दाबी: ‘राप्रपामा छु’, आयोगमा दिए लिङ्देनविरुद्ध उजुरी

अत्रिदेव खबर
२०८२ अषाढ २९, आईतबार

काठमाडौं : राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीले आफूलाई अनुशासन समितिको अध्यक्षबाट हटाएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा नरहेको निष्कर्ष निकाल्दै पदबाट हटाएका थिए र उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरिएको थियो।

सुवेदीले आफूलाई जानकारी नै नदिई हटाइएको दाबी गर्दै आएका छन्। रोचक कुरा के छ भने, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएपछि आयोजित पत्रकार सम्मेलनमा सुवेदीले राप्रपाको साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका थिए। यद्यपि, उनले पार्टीमा लिखित राजीनामा भने बुझाएका छैनन्। यसै विषयलाई लिएर उनले आफू पार्टीबाट अलग नभएको दाबी गर्दै अध्यक्ष लिङ्देनको कदमविरुद्ध आयोगमा उजुरी दिएका हुन्।

नवराज सुवेदीसँगै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालगायतका नेताहरू पनि निर्वाचन आयोग पुगेका थिए।

२०८२ अषाढ २९, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २९, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ