+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजामती सेवा विधेयकमा ‘छेडखानी’ प्रति कांग्रेस नेता कोइरालाको आपत्ति, ‘गम्भीर अपराध’ भएको भनाइ

अत्रिदेव खबर
२०८२ अषाढ १७, मंगलबार

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निजामती सेवा विधेयकमा अनधिकृत रूपमा गरिएको फेरबदलप्रति गम्भीर आपत्ति जनाएका छन् । सर्वसम्मत रूपमा संसदमा पेस भएको विधेयकलाई गैरकानुनी ढङ्गले परिवर्तन गरिनु सामान्य घटना नभई ‘देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान’ भएको उनको भनाइ छ ।

कोइरालाले यस प्रकरणमा संलग्न स्वार्थ समूह र उनीहरूको प्रलोभनमा परी विधेयक परिवर्तन गर्ने कार्यमा जोडिएका व्यक्तिहरूलाई तत्काल हदैसम्मको कारबाहीको माग गरेका छन् । उनले विधेयकलाई पुरानै अवस्थामा फर्काउन पनि आग्रह गरेका छन् ।

उनले ‘कुलिङ पिरियड’ नराखी विधेयकका थप काम अगाडि बढ्न नदिने चेतावनी समेत दिएका छन् । कोइरालाले भनेका छन्, “यस प्रकरणमा जोडिएकाहरूलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।”

२०८२ अषाढ १७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ