चितवन : जिल्लाको राप्ती नगरपालिका–४ मा श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, मंगलबार घरायसी विवादका क्रममा ४२ वर्षीया कुमारी प्रजाले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। लगत्तै उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि सोही भिरबाट हाम फालेका थिए।
घटनास्थलमै कुमारी प्रजाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए। गम्भीर घाइते लीलाबहादुर प्रजाको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८२ अषाढ ११, बुधबार