+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादीसँगको सहमतिपछि सरकारले भिजिट भिसा छानबिन समिति बनायो

अत्रिदेव खबर
२०८२ अषाढ १०, मंगलबार

काठमाडौं : सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको एक मन्त्रीले जानकारी दिए । समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।

समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसदमा विरोध गर्दै आएका छन् । सरकारले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको सहमतिअनुुसार समिति गठन गरिएको हो ।

२०८२ अषाढ १०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ