काठमाडौं : ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको फ्लाइओभर यही असार ६ गते उद्घाटन गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त दिन पुल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन लगत्तै यस फ्लाइओभरमा यातायात सञ्चालनमा आउनेछ। यो फ्लाइओभर सञ्चालनमा आएपछि ग्वार्को चोकमा हुने सवारी जामको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।


२०८२ अषाढ ३, मंगलबार