काठमाण्डौ : इरानले अमेरिकासँग अस्थायी युद्धविरामका आधारमा होर्मुज स्ट्रेट खोल्न अस्वीकार गरिदिएको छ । एक वरिष्ठ इरानी अधिकारीले युद्धविरामका लागि पाकिस्तानको प्रस्तावमाथि छलफल भइरहे पनि दबाबमा कुनै निर्णय नगर्ने स्पष्ट पारेका छन् ।
अधिकारीहरूका अनुसार तेहरान अस्थायी युद्धविरामको बदलामा कुनै छुट दिने पक्षमा छैन र होर्मुज स्ट्रेट खुला गर्न चाहँदैन । उनले अमेरिका स्थायी युद्धविरामको पक्षमा नभएकाले अस्थायी युद्धविरामको कुनै अर्थ नभएको बताएका छन् ।
२०८२ चैत्र २३, सोमबार