काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई बालाजु क्षेत्रबाट फेला पारेको काठमाडौंका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिए। यसअघि उनले आफूलाई अन्यायमा पारिएको भन्दै फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका थिए।
२०८२ अषाढ २, सोमबार