+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपा र राप्रपाको विरोध कायमै, नाराबाजीबीच प्रतिनिधिसभा बैठक सञ्चालन

अत्रिदेव खबर
२०८२ अषाढ १, आईतबार

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा विरोध जारी राखेका छन्। सभामुख देवराज घिमिरेले उनीहरूको नाराबाजीका बीच पनि बैठक सञ्चालन गरेका छन्।

आजको बैठक सुरु हुनेबित्तिकै राप्रपा र रास्वपाका सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए। सभामुख घिमिरेले उनीहरूलाई बस्न अनुरोध गरे पनि उनीहरूले मानेनन्। सामान्यतया संसदमा एक जना सांसद मात्रै उठेर विरोध गर्दा पनि बैठक सञ्चालन नगर्ने प्रचलन भए तापनि, सभामुख घिमिरेले विरोधकै बीचमा बैठक अगाडि बढाएका छन्। उनले सुरुमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी सुरु गरे।

श्याम घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेलले पनि बैठकमा बोलेका छन्। पौडेलपछि सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए पनि उनी बोलेनन्। प्रतिपक्षी दलबाट नाराबाजी जारी रहेकै बेला सभामुखले अर्का सांसद रामप्रकाश चौधरीलाई बोल्न समय दिएका छन्।

संसदको यो गतिरोधले बजेटमाथिको छलफल लगायतका महत्वपूर्ण कार्यसूचीहरू प्रभावित भइरहेका छन्।

२०८२ अषाढ १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ