काठमाडौं: काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका बस स्टपहरूमा पुराना मौलिक शैलीका फल्चाहरू निर्माण कार्यलाई तीव्रता दिएको छ।
यात्रुहरूको विश्रामका लागि निर्माण भइरहेका यी प्रतीक्षालयहरूले मौलिकपनको झल्को दिनेछन्। फल्चाको प्राचीनकालदेखि नै नेवा संस्कृतिमा आफ्नै महत्त्व रहेको छ, जसले गर्दा यी नयाँ बस स्टपहरूले सहरी सौन्दर्यमा परम्परागत स्पर्श थप्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ ३०, शुक्रबार