+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेन र सुनिता डंगोलबीच पाँच महिनापछि औपचारिक छलफल

अत्रिदेव खबर
२०८२ जेष्ठ २९, बिहिबार

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलबीच कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे छलफल भएको छ। उनीहरूबीच औपचारिक रुपमा पाँच महिनापछि भेटघाट र छलफल भएको हो।

महानगर स्रोतका अनुसार, “मेयर, उपमेयर र केही वडा अध्यक्षहरूबीच बुधबार महानगरको कार्यपालिका बैठक बोलाउने र बजेटमा के कसरी गर्ने भन्नेबारे छलफल भयो।” स्रोतले थप्यो, “मेयर र उपमेयर गत पुसपछि पहिलोपटक औपचारिक रुपमा यसरी छलफल भएको हो।” यसअघि कार्यपालिकाको बैठक पुस १४ गते बसेको थियो।

मेयर र उपमेयरसँगको यस छलफलमा नेकपा एकीकृत समाजवादीका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्तासमेत रहेका वडा नम्बर १७ का कांग्रेसका अध्यक्ष नवीन मानन्धर र वडा नम्बर ३२ का अध्यक्ष एमालेका नवराज पराजुली पनि सहभागी थिए।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न दिने वा नदिने विषयमा मेयर र उपमेयरबीच विवाद उत्पन्न भएको थियो। पछि बहुमत वडा अध्यक्ष र कर्मचारीहरूको साथमा उपप्रमुख डंगोलले गुरागाईंलाई महानगरमा हाजिर गर्ने वातावरण बनाएकी थिइन्। यो छलफलले महानगरपालिकाको कार्यसम्पादनमा देखिएको गतिरोध हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ