+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिसापानी–देउराली–बानीडाँडा सडकमा कालोपत्रे सुरु: १५ वर्षपछि स्थानीयलाई राहत

अत्रिदेव खबर
२०८२ जेष्ठ २९, बिहिबार

पर्वत: लामो प्रतीक्षापछि पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ। ‘ट्र्याक’ खुलेको १५ वर्षपछि सडक कालोपत्रे हुन लागेपछि स्थानीय बासिन्दामा खुसी छाएको छ।

संघीय सरकारको एक करोड रुपैयाँ विनियोजनमा यो सडक कालोपत्रे गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ। यसअघि नै गत वर्ष सडक कालोपत्रेसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माण लगायतका कामहरू सम्पन्न भइसकेका थिए। चालु आर्थिक वर्षको बजेटले भने मुख्य रूपमा कालोपत्रेको काम गरिरहेको छ।

यो बाटोको कालोपत्रेसँगै वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ। स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार, चालु आर्थिक वर्षभित्रै कालोपत्रेको सम्पूर्ण काम पूरा हुनेछ।

२०८२ जेष्ठ २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ