+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्वार्को फ्लाइओभर सञ्चालनको अन्तिम तयारी: जाममुक्त यात्रा अब नजिक !

अत्रिदेव खबर
२०८२ जेष्ठ २८, बुधबार

काठमाडौं  : राजधानीको व्यस्त चोक ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अब अन्तिम चरणमा पुगेको छ। ट्राफिक जामको समस्याबाट मुक्ति दिलाउने आशा गरिएको यो महत्वाकांक्षी परियोजना असार १ गतेदेखि सवारीसाधन सञ्चालनका लागि तयार हुने सरकारी तयारी रहेको छ। यससँगै ग्वार्को क्षेत्रको मुहार फेरिने र दैनिक हजारौं यात्रुले सहज यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।

यो फ्लाइओभर ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल हो। पुल निर्माणका साथै एप्रोच सडक, कालोपत्रे र ट्राफिक लाइट जडान लगायतका सम्पूर्ण काम तीव्र गतिमा भइरहेका छन्। अत्याधुनिक प्रविधि प्रयोग गरी निर्माण गरिएको यो फ्लाइओभरले ग्वार्को चोकमा सवारी आवागमनलाई सहज र व्यवस्थित बनाउनेछ।

यो महत्वपूर्ण परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाडौं ले निर्माण गरिरहेको हो। प्रारम्भमा १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको यस फ्लाइओभरलाई २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, विभिन्न कारणवश तोकिएको समयमै काम सम्पन्न हुन नसकेपछि निर्माण म्याद थपिएको थियो। अब भने काम लगभग सकिएको र केही दिनमै सञ्चालनमा आउने तयारी गरिएको छ।

ग्वार्को चोक काठमाडौं उपत्यकाको एक प्रमुख प्रवेशद्वार तथा बागमती प्रदेशका विभिन्न जिल्ला जोड्ने मुख्य नाका भएकाले यहाँको ट्राफिक व्यवस्थापन सधैं चुनौतीपूर्ण रहँदै आएको थियो। विशेषगरी, कार्यालय समय र चाडपर्वका बेला सवारीसाधनको अत्यधिक चापले घण्टौं जाम हुने समस्या थियो। यो फ्लाइओभर सञ्चालनमा आएसँगै ग्वार्को चोकमा हुने जाममा उल्लेख्य कमी आउने र यात्रुहरूलाई समयको बचत हुने विश्वास गरिएको छ।

फ्लाइओभरले सवारीको निर्बाध आवागमन सुनिश्चित गरी यात्रुहरूको यात्रालाई सहज बनाउनेछ। यसले सहरको सौन्दर्यकरणमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ