काठमाडौं : काठमाडौं महानगरपालिकाले पिउने पानीमा कोलिफर्म भेटिएपछि सीएन इन्टरप्राइजेजसँगको खानेपानी आपूर्ति सम्झौता भङ्ग गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयबाट उक्त सम्झौता रद्द गरिएको जनाएको छ।
विभागले आपूर्तिकर्तालाई सोमबार पठाएको पत्रमा भनिएको छ, “यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो।” काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको पनि पत्रमा उल्लेख छ।
पानी आपूर्तिकर्ता सीएन इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरी महानगरपालिकाले सेवा लिन थालेको थियो। यो घटनाले सार्वजनिक निकायमा आपूर्ति हुने उपभोग्य वस्तुको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।
२०८२ जेष्ठ २७, मंगलबार