+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जसपा (अशोक राई) कर्णालीका अध्यक्षसहित नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

अत्रीदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए। उनले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले यस प्रकारको पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, उनले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ