काठमाडौँ : प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० राष्ट्रिय सभामा सर्वसम्मतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतले स्वीकृत भएको हो । विधेयक पारित भइ कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरु समाधान हुने अर्थमन्त्री पौडेलले विश्वास व्यक्त गरेका छन् ।
२०८२ जेष्ठ २६, सोमबार