+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई प्रचण्डको निर्देशन

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् । सोमबार आफ्नो निवास खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै प्रचण्डले निर्बिरोध नेतृत्व चयन गरेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रचण्डले वाइसिएल माओवादी केन्द्रको लडाकु संगठन भएको बताउदै प्रचण्डले पार्टीको आदेश पालन गर्ने स्पिरिटका साथ सहमति गरेको प्रति सन्तोष व्यक्त गरेका थिए ।प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उत्रनुपर्ने निर्देशन समेत दिएका हुन् । उनले भने- ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन् । अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो । तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु ।’

उनले पदाधिकारी बढी बनाएको भएपनि यसले संगठनलाई चुस्त बनाउन मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ