+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेगनास तालमा बेपत्ता व्यक्तिको शव भेटियो

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

पोखरा :  पौडी खेल्ने क्रममा कास्कीको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरले करीव ३५ फिट गहिराईबाट शव निकालेको हो ।गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए । उनी कास्कीको पोखरा घुम्न आई लेकवेभ होटलमा बस्दै आएको थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ