+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विपक्षी दलको बैठक लगत्तै कांग्रेस नेता भेट्न पुगे माओवादी नेताहरू

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौं : प्रतिनिधि सभामा जारी अवरोध बारे छलफल गर्न बसेको विपक्षी दलहरूको बैठक सकिएको छ।
बैठक सकिए लगत्तै माओवादी नेताहरू कांग्रेस नेताहरूसँग छलफलमा जुटेका छन्। खुमलटार स्रोतका अनुसार अध्यक्ष ‘प्रचण्ड’को सन्देश लिएर शक्ति बस्नेतलगायत नेताहरू कांग्रेसका नेताहरूलाई भेट्न गएका छन्। विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन आयोग बनाउने मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ। सोही निर्णय सुनाउन माओवादी नेताहरू कांग्रेस नेताहरूलाई भेट्न पुगेको बताइएको छ।

सत्तापक्षले भने छानबिन समिति कुनै पनि हालतमा नबन्ने बताइसकेको छ। लामो समयदेखि जारी छलफल निष्कर्षविहिन बनिरहेपछि एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले आजबाट सदनमा पेलेरै अघि बढ्ने बताइसकेका छन्।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ