+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेर्न नमिल्नेमा महिमानसिंह विष्टको निवेदन

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौं : सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको निवेदन हेर्न नमिल्नेमा परेको छ। उच्च अदालतका न्यायाधीशहरू डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासले हेर्न नमिल्नेमा राखेको हो।

महिमानसिंहले आफूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न दिएको आदेश र रेशम चौधरीले उनीविरूद्ध दिएको निवेदन पनि खारेज गर्न माग गरेका थिए।विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा शाखा अधिकृतको रूपमा कार्यरत थिए।

उनले आफूलाई टीकापुरको घटनाले पीडा भएको भन्दै सर्वोच्च अदालतको लेटर प्याडको दुरूपयोग गरी वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फैसला कार्यान्वयन भन्दै प्रहरीलाई पत्र दिन प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए।

त्यही दिन नाउपाका संरक्षक चौधरी प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी एकीकरणका लागि पुग्दा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले त्यही बेला चौधरीलाई डिल्लीबजार कारागारमा चलान गरेको थियो।यसरी एकाएक उनलाई पक्राउ गरी कारागार चलान गरेपछि सर्वोच्चकै पत्रमा शंका उब्जिएको थियो। पछि सर्वोच्चले उक्त पत्र नै अनधिकृत रहेको भन्दै चौधरीलाई रिहा गर्न कारागार कार्यालयमा पत्राचार गरेको थियो।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ