+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भागदौडको घटनामा आरसिबीका मार्केटिङ प्रमुख पक्राउ

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ :बुधबार चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको सम्बन्धमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरू पक्राउ परेका छन् ।

भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनील म्याथ्यू र किरण कुमार रहेका छन् । उनीहरुलाई बैंगलुरुस्थित कुबोन प्रहरी स्टेसनमा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले राज्यका डीजीपी र आईजीपीलाई आरसीबी र डीएनए कार्यक्रम प्रबन्धकहरू र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) का प्रतिनिधिहरूलाई भागदौडको सम्बन्धमा तुरुन्तै पक्राउ गर्न निर्देशन दिएका थिए ।प्रहरीले विहिबार नै आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्टविरुद्ध मुद्धा दायर गरेको थियो ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ