काठमाडौँ :आजको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको अवरोधपछि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको थियो ।बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरुले अवरोध कायम राखेपछि सभामुख घिमिरेले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
२०८२ जेष्ठ २२, बिहिबार