+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खुमलटारमा (माओवादी) केन्द्रको पदाधिकारी बैठक

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौं : नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ।

बिहिबार बिहानदेखि जारी बैठकमा सर्वोच्च अदालतले माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध दिएको उत्प्रेषण आदेशबारे छलफल भइरहेकाे छ। बुधबार सर्वोच्चले सापकोटाविरूद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सो आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न बाटो खुलेको छ ।

माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरी हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ