+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुलबुले बहुमुखी क्याम्पस पहलमानपुरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न, ‘हाम्रो हरित प्रतिबद्धता’ सार्थक

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

पहलमानपुर : विश्व वातावरण दिवस २०८२ को अवसरमा कैलालीको घोडाघोडी नगरपालिका-१०, पहलमानपुरस्थित बुलबुले बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा वृहत् वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “प्लाष्टिकजन्य प्रदुषण न्यूनीकरण; हाम्रो दायित्व” र “एक रुख, हजार भविष्यका सपना” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले वातावरण संरक्षणमा युवा सहभागिताको महत्त्वपूर्ण सन्देश दिएको छ।

स्ववियु सभापति विवेक चौधरीले कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “आजको दिन हाम्रो लागि विशेष रह्यो। विश्व वातावरण दिवसको अवसरमा हाम्रो क्याम्पसमा स्ववियुद्वारा आयोजित वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हर्षित छु।” कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरूले प्रकृतिसँगको सन्तुलन जोगाउन र भावी पुस्तालाई स्वच्छ हावा तथा हरियाली दिनका लागि विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए। रोपिएका यी बिरुवाहरू समयसँगै हुर्केर ठूला रुख बन्ने र यसबाट वातावरणप्रतिको जिम्मेवारी तथा सकारात्मक सोच उजागर हुने विश्वास गरिएको छ।

“हिजोको लगानीले आजको छायाँ दिएको छ, आजको लगानीले भोलिको जीवन दिनेछ” भन्ने भनाइलाई आत्मसात गर्दै, सहभागीहरूले वातावरण संरक्षणका लागि दीर्घकालीन सोच र सक्रियता आवश्यक रहेकोमा जोड दिए।कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण शिक्षकगण, विद्यार्थी साथीहरू र स्ववियु परिवारलाई सभापति विवेक चौधरीले धन्यवाद ज्ञापन गरेका छन्। यो वृक्षरोपण कार्यक्रमले क्याम्पस परिसरलाई हरियाली बनाउनुका साथै विद्यार्थीहरूमा वातावरण सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ