+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ममाथि उठेका प्रश्नको जवाफ संसदमै दिन्छु- गृहमन्त्री लेखक

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणआफूमाथि उठेका प्रश्नको जवाफ संसदमै दिने बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सबै सांसदहरूले जवाफ दिन सम्भव नभएको भन्दै आफुले यस प्रकरणको जवाफ संसदमै दिने र त्यसको व्यवस्था मिलाइदिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।उनले संसद्मा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने बताउदै आफूमाथि उठेका सबै प्रश्नको जवाफ संसद्मा दिने बताए ।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका कर्मचारीहरुमाथि छानविन शुरु गरेपछि विपक्षी दलहरुले गृहमन्त्री लेखक पनि यस प्रकरणमा संलग्न भएको भन्दै राजीनामा मागेर संसद अवरोध गरिरहेका छन ।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ