+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ : पाकिस्तानको कराँचीस्थित मालिर जेलका २१३ कैदी मागेका छन् । जियो न्यूजका अनुसार ८० कैदीलाई पुन पक्राउ गरिएको छ भने बाँकी कैदीको खोजी कार्य भैरहेको छ । घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन् ।

कराँचीमा गए राति धेरै भूकम्पका झट्का महसुस गरिएको अवस्थामा यो घटना भएको बताइएको छ । भूकम्पको झट्काले कैदीहरूमा त्रास फैलिएपछि उनीहरु जेल तोडेर भागेको मिडिया रिपोर्टमा उल्लेख छ । जेलको सुरक्षा प्रशासनले एक हजारदेखि १५ सय कैदी ढोकामा आएपछि सम्हाल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ