काठमाडौँ : संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली अदली बदली गरिएको छ ।
युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा तैनाथ स्पेसल गार्ड युनिट अन्तर्गत भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फालाई बदली गर्नको लागि श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा ज्येष्ठ १९ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ । त्यस्तै यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११५ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा ज्येष्ठ २० गते स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
२०८२ जेष्ठ २०, मंगलबार