+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा घोषणा

अत्रिदेव खबर
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं : काठमाडौं उपत्यकामा यस आइतबार (जेठ १८ गते, २०८२) सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइएको जानकारी दिएका छन्।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हरेक वर्ष जावलाखेलमा मनाइन्छ र यो जात्राको दिनमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन रहँदै आएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा रहेको छ। यस वर्षको भोटो जात्रा जुन १ तारिख, आइतबार (जेठ १८) मा परेको छ।

२०८२ जेष्ठ १६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ