काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ। खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले बताएका छन्।
पोखरेलले भने, ‘हामीले यो विषय उठाइसकेका छौं। अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’ उनले हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नका लागि अवरोध नगरिए पनि अब सदन चल्न नदिने बताए। यद्यपि, एमाले र कांग्रेसका शीर्ष नेताहरूले गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन्।
२०८२ जेष्ठ १६, शुक्रबार