काठमाडौं : संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले पहल थालेका छन्। आज बिहान ११ बजे सभामुख घिमिरेले विभिन्न दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।
सभामुखको सचिवालयका अनुसार, यस छलफलमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलका लागि समय निर्धारण गर्ने र आगामी संसदीय कार्यतालिका तय गर्ने विषयमा कुराकानी हुनेछ। यस्तै, मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ। यस बैठकले संसदको नियमित कार्य सञ्चालनका लागि महत्त्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
२०८२ जेष्ठ १६, शुक्रबार