काठमाडौँ : राजसंस्था पुनस्र्थापनाको मागसहित आज (जेठ १५ गते) राजधानीमा राजावादीहरूको आन्दोलन सुरु भएको छ, जसअन्तर्गत विभिन्न सात ठाउँबाट जुलुस निस्किएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मैतिदेवीबाट एउटा जुलुस सुरु भएको छ। यो जुलुसको अग्रपंक्तिमा युवा नेता ज्ञानेन्द्र शाही पनि रहेका छन्।
त्यसैगरी, अर्का राजावादी नेता कमल थापा र नवराज सुवेदीले नेतृत्व गरेको जुलुस सिफलबाट अघि बढेको छ। काठमाडौंका विभिन्न स्थानबाट निस्किएका यी सबै जुलुसहरू रत्नपार्कमा पुगेर बृहत् आन्दोलनमा परिणत हुने आयोजकले बताएका छन्।गणतन्त्र दिवसकै दिन राजावादी समूहको यो आन्दोलनले राजधानीको राजनीतिक माहोललाई थप तातो बनाएको छ।
२०८२ जेष्ठ १५, बिहिबार