+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रत्नपार्कमा सुरक्षा घेरा: गणतन्त्र दिवसमा एमाले र राजावादीको शक्ति प्रदर्शन, ड्रोनबाट निगरानी

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा आज (जेठ १५ गते) काठमाडौंको रत्नपार्क र भृकुटीमण्डप क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। सत्तारूढ नेकपा एमाले र राजावादी समूहहरूको एकै दिनको कार्यक्रमलाई लक्षित गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ।

भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे आफ्नो कार्यक्रम राखेको छ। यता, राजसंस्था पुनस्र्थापनाको मागसहित आन्दोलनमा उत्रिएको राप्रपालगायत राजावादी समूहको प्रदर्शन भने रत्नपार्क क्षेत्रमा हुनेछ। प्रशासनले अप्रिय घटना टार्नका लागि उनीहरूलाई दिउँसो साढे २ बजेपछिको समय तोकिदिएको छ।

संवेदनशील मानिएका यी क्षेत्रहरूमा कुनै पनि सम्भावित झडप वा अशान्ति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ। गणतन्त्र दिवसकै दिन राजावादीहरूको प्रदर्शनले राजधानीको सुरक्षा व्यवस्था थप चुनौतीपूर्ण बनेको छ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ