+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीको विशेष सन्देश: ‘जनताले इतिहास लेखेको दिन, स्वाभिमान स्थापित भएको क्षण’

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले १८औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

गणतन्त्र दिवसलाई ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन’ भन्दै प्रधानमन्त्री ओलीले यस दिनलाई विशेष महत्वका साथ स्मरण गरेका छन्। उनले भनेका छन्, “मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन हो आज।”

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर आर्जन गरेको उपलब्धिका रूपमा चित्रण गरेका छन्। आज मुलुकभर विभिन्न कार्यक्रम गरी १८औँ गणतन्त्र दिवस मनाइँदैछ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ