+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अग्निज्वालाझैं दन्कियो प्रतिपक्ष: गृहमन्त्रीको राजीनामा नआए संसद ठप्प !

अत्रिदेव खबर
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : सिंहदरबार तातेको छ, राजनीतिक पारो ह्वात्तै बढेको छ ! भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरुले संसद ठप्प पार्ने अडान लिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बसेको प्रतिपक्षी दलको बैठकले ‘ब्याक नहुने’ कडा निर्णय सुनाएको छ। माओवादी सांसद माधव सापकोटाका अनुसार, यो अडानबाट एक इञ्च पनि पछि नहट्ने स्पष्ट सन्देश सत्तापक्षलाई दिइएको छ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए। गृहमन्त्रीको राजीनामाको पक्षमा देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने यस बैठकमा नबोलाइए पनि, प्रतिपक्षको यो एकबद्धताले सत्तापक्षलाई दबाबमा पारेको छ।

यता, प्रतिपक्षको कडा अवरोधका बीच सत्तापक्षले भने आज गृहमन्त्रीलाई सदनमा जवाफका लागि उभ्याउने तयारी गरेको छ। प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा बोल्ने निर्णय गरेको छ। तर, प्रतिपक्षी दलहरु गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको चित्तबुझ्दो जवाफ नआएसम्म संसद चल्न नदिने अडानमा टसको मस भएका छैनन्।

आज बिहान ११ बजे बोलाइएको संसद बैठक अहिलेसम्म (१:३५ बजे) सुरू हुन सकेको छैन। यसैबीच, राजनीतिक गतिरोधलाई सुल्झाउने प्रयासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच फोन संवाद पनि भएको छ। तर, प्रचण्डको अडानले संसदको ‘डेडलक’ तत्काल खुल्ने छाँट देखिएको छैन। संसद चल्न नदिने प्रतिपक्षीको चेतावनीले राजनीतिक वातावरण थप गर्माएको छ, र अबको कदम के हुनेछ भन्नेमा सबैको नजर केन्द्रित छ।

२०८२ जेष्ठ १४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ