+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डको ‘वार’ फुट्यो: ओलीलाई सिधा चुनौती – गृहमन्त्री नहटाए संसद चल्न दिन्नौं !

अत्रिदेव खबर
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं: नेपालको राजनीतिमा भूकम्प ! प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको एक निर्णायक टेलिफोन वार्ताले यतिबेला राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ। संसद भवनमा विपक्षी दलहरुको बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरी संसद सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरेपछि प्रचण्डले दिएको ‘कडा’ जवाफले सबैलाई चकित पारेको छ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा गराउन अल्टिमेटम दिएका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, “गृहमन्त्रीको राजीनामा नआएसम्म संसद बैठक सञ्चालन हुन सक्दैन।” यो भनाइले वर्तमान राजनीतिक गतिरोधलाई थप चर्काउने निश्चित छ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले संसदलाई सहज रुपमा अगाडि बढाउन प्रचण्डसँग आग्रह गरेका थिए। तर, प्रचण्डले गृहमन्त्री लेखकको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै उनको राजीनामालाई संसद सञ्चालनको पूर्वशर्त बनाएका छन्। प्रचण्डको यो अडानले अब संसदको आगामी बैठकहरु कसरी अगाडि बढ्छन् भन्नेमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।

विपक्षी दलहरुको बैठक चलिरहेका बेला प्रधानमन्त्रीको फोन आउनु र त्यसको प्रत्युत्तरमा प्रचण्डले गृहमन्त्रीको राजीनामा माग्नुले वर्तमान राजनीतिक परिदृश्यमा एक नयाँ अध्यायको सुरुवात भएको विश्लेषण गरिएको छ। अब प्रधानमन्त्री ओलीले प्रचण्डको यो मागलाई कसरी सम्बोधन गर्छन् र संसदको गतिरोध अन्त्यका लागि कस्तो कदम चाल्छन्, त्यो हेर्न बाँकी नै छ। तर, एउटा कुरा स्पष्ट छ, नेपाली राजनीतिमा यो एक ‘कडा’ र निर्णायक मोड हो।

२०८२ जेष्ठ १४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ