+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदीय गतिरोध जारी, बैठक सर्‍यो

अत्रिदेव खबर
२०८२ जेष्ठ १३, मंगलबार

काठमाडौँ : गृहमन्त्रीको राजीनामाको माग गर्दै विपक्षी दलका सांसदहरूले आज प्रतिनिधिसभा बैठकमा चर्को विरोध प्रदर्शन गरे। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठकलाई ३० मिनेटका लागि स्थगित गरेका थिए।

तर, ३० मिनेटको समयसीमा सकिएपछि पनि राजनीतिक सहमति जुट्न नसकेकाले, सूचना टाँस गरी बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको छ। प्रमुख प्रतिपक्षी दल गृहमन्त्रीको राजीनामा नभएसम्म संसद चल्न नदिने अडानमा देखिएकाले, आगामी दिनमा पनि संसदीय प्रक्रिया सहज हुनेमा आशंका बढेको छ। यसले संसदभित्रको राजनीतिक गतिरोध अझै लम्बिने देखिएको छ।

२०८२ जेष्ठ १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ