+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गृहमन्त्रीको राजीनामाको मागमा विपक्षी आक्रामक, सदन ठप्प!

अत्रिदेव खबर
२०८२ जेष्ठ १३, मंगलबार

काठमाडौँ: भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले आज संसद पूरै अवरुद्ध गरेका छन्। संसद भवनभित्रको तनावले नेपाली राजनीतिमा फेरि एकपटक ठूलो हलचल ल्याएको छ, र यो अडानले आगामी संसदीय प्रक्रियामा गम्भीर असर पार्ने देखिएको छ।

विपक्षी दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद संचालन हुन नदिने कडा चेतावनी दिएका छन्। “यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रसस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ,” पुनले भने, “उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौं, तर, यति गम्भीर विषय उठेपछि स्वयं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस्।” यस भनाइले विपक्षी दलहरू गृहमन्त्रीको राजीनामालाई आफ्नो प्रमुख र अटल माग बनाएर प्रस्तुत भएका छन् भन्ने स्पष्ट संकेत गर्दछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल ले पनि गृहमन्त्रीको राजीनामा आउनुपर्ने मागलाई जोडदार रूपमा उठाएका छन्। खनालले भने, “यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो, राज्यका कुनै निकायले छानबिन गर्नुपर्‍यो भने त्यस्तो मन्त्री त्यो पदमा रहन पाउनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ।” यो अडानले संसदमा शून्य सहनशीलता को नीति अपनाउनुपर्ने पक्षमा विपक्षी दलहरू एकजुट भएको देखाउँछ। गृहमन्त्री लेखकको राजीनामाको मागमा विपक्षी दलहरूको यो आक्रामक रणनीतिले सरकारलाई दबाबमा पारेको छ। सदनको गतिरोधले आगामी बजेट अधिवेशन र अन्य महत्वपूर्ण विधेयकहरूमा समेत असर पार्ने सम्भावना बढेको छ।

के सरकार विपक्षीको यो अडानसामु झुक्ला, वा गृहमन्त्रीले आफ्नो पदमा रहँदै आरोपको सामना गर्ने अडान कायमै राख्नेछन्? यो प्रश्नको जवाफले नै आगामी दिनको संसदीय मार्गचित्र तय गर्नेछ।

२०८२ जेष्ठ १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ