+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महीन्द्र राय यादवको नेसपा फुट्यो: गंगानारायण श्रेष्ठको नेतृत्वमा आज माओवादीसँग एकता

अत्रिदेव खबर
२०८२ जेष्ठ १२, सोमबार

काठमाडौ : राष्ट्रिय राजनीतिमा नयाँ हलचल ल्याउँदै महीन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको छ। पार्टी अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रिया लम्ब्याएको भन्दै असन्तुष्ट सहअध्यक्ष गंगानारायण श्रेष्ठले बहुमत केन्द्रीय सदस्यको साथ लिएर आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरेका हुन्।

श्रेष्ठले नेसपाका २९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। यसै आधारमा आइतबार उनले आफूलाई नेसपाको संयोजक घोषणा गरेका थिए।

सोही दिन ललितपुरको एकान्तकुनामा आयोजित नेसपा केन्द्रीय समितिको विस्तारित बैठकबाट श्रेष्ठले आज (सोमबार) नै माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्ने मिति तय गरेका छन्। आज बिहान ११:३० बजे ग्वार्कोस्थित एक पार्टी प्यालेसमा एकता कार्यक्रम आयोजना गरिने श्रेष्ठले जानकारी दिएका छन्। यो विभाजन र तत्काल माओवादी केन्द्रसँगको एकताले आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

२०८२ जेष्ठ १२, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १२, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ