+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ गभर्नरको आगमनसँगै नेप्सेमा ८३ अंकको ‘बुधबारे’ छलाङ

अत्रिदेव खबर
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेलको नियुक्तिले आज सेयरबजारमा उत्साहको सञ्चार गरेको छ। बजार खुल्नासाथ ४ मिनेटको अन्तरालमा नै नेप्से परिसूचक ८३ अंकले बढेर २७६१ अंकमा पुगेको छ।

नवनियुक्त गभर्नर पौडेलको पदभार ग्रहणसँगै लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकास भएको देखिन्छ। कारोबार खुलेको छोटो समयमा नै ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुनुले पनि बजारमा बढ्दो मागको संकेत गर्छ। यद्यपि, कारोबार रकम तुलनात्मक रूपमा कम भए पनि लगानीकर्ताहरूले पौडेलको आगमनले बजारमा सकारात्मक प्रभाव पर्ने आकलनसहित सेयर खरिदमा चासो देखाएका छन्।

मंगलबार मात्र सरकारले डा.पौडेललाई राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा नियुक्त गरेको थियो। उनको नियुक्तिलाई बजारले सकारात्मक रूपमा लिएको र यसले आगामी दिनमा थप सुधार आउने अपेक्षा लगानीकर्ताहरूमा रहेको देखिन्छ। विशेषगरी अर्थतन्त्रका विभिन्न आयाममा पौडेलको दृष्टिकोण र नीतिगत सुधारका सम्भावनाहरूले बजारमा विश्वासको वातावरण सिर्जना गरेको विश्लेषकहरू बताउँछन्।

२०८२ जेष्ठ ७, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ७, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ