+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगलागी पीडितलाई पत्रकार खेम ढुङ्गानाको सहयोग

अत्रिदेव खबर
२०८२ जेष्ठ ७, बुधबार

कैलाली :  पत्रकारितालाई केवल समाचार संकलन र प्रसारणमा सीमित नराखी सामाजिक जिम्मेवारीमा बदल्ने उदाहरण बनेका छन् युवा पत्रकार खेम ढुङ्गाना। आफ्नो जन्मदिनको अवसरलाई उनले समाजसेवामा रूपान्तरण गर्दै आगलागीबाट प्रभावित परिवारलाई नगद सहायता गरेका छन्।

गत जेठ २ गतेको हावाहुरीसँगै आएको भीषण आगलागीले झंकर बुढाको घर पूर्ण रूपमा खरानी बनाएको थियो। शरीरमा लगाएका कपडा बाहेक सबै थोक गुमाएका पीडित अहिले अरुको आश्रयमा जीवन यापन गरिरहेका छन्।

त्यही दिन रिपोर्टिङका क्रममा घटनास्थल पुगेका पत्रकार ढुङ्गाना पीडित परिवारको अवस्था देखेर स्तब्ध भए। उनले तत्काल सामाजिक सञ्जालमार्फत् भिडियो प्रसारण गरी सहयोगको आह्वान गरे। भिडियोले देश-विदेशका दर्शक तथा सहयोगी मनहरुलाई छोयो र सहयोगको श्रृंखला सुरु भयो।

यसैक्रममा, पत्रकार ढुङ्गानाले आफ्नो जन्मदिनलाई अवसर मानेर पीडित परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले भने, “सामाजिक पीडामा म चुप लागेर बस्न सक्दिनँ। पत्रकारिताको धर्म भनेको पीडितको आवाज बुलन्द पार्नु मात्र होइन, सकेको सहयोग गर्नु पनि हो।”

उनको यो मानवीय पहलले पत्रकारिता क्षेत्रका लागि एउटा सकारात्मक सन्देश दिएको छ। सामाजिक उत्तरदायित्वप्रति समर्पित पत्रकार ढुङ्गानाको यो कार्य प्रशंसनीय मात्रै होइन, अनुकरणीय पनि बनेको छ।

२०८२ जेष्ठ ७, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ७, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ