+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिङ्देनको चेतावनी: गणतन्त्रलाई सत्याग्रहबाटै टुङ्ग्याउँछौं

अत्रिदेव खबर
२०८२ जेष्ठ ६, मंगलबार

काठमाडौं : राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि घोषणा गरिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनमा हिंसात्मक गतिविधि नगर्ने र सरकारलाई पनि त्यस्तो गर्न नदिने स्पष्ट पारेका हुन्।

राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति र घटक दलहरूको तयारी बैठकलाई सम्बोधन गर्दै लिङ्देनले आफ्नो आन्दोलनको अनुगमन गर्न मानवअधिकार आयोगहरूलाई समेत आग्रह गरेका छन्। उनले सरकारलाई दमन गर्ने वा हिंसा भड्काउने कुनै पनि अवसर नदिइने बताए। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा र सत्याग्रहको माध्यमबाटै आफ्ना मान्यताहरू स्थापित गरिने दृढता व्यक्त गरे। यस पटकको आन्दोलनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने उनको जिकिर छ।

लिङ्देनले छिमेकी मुलुकमा भएको ब्रिटिस शासनको अन्त्य सत्याग्रहबाटै भएको उदाहरण दिँदै नेपालको गणतन्त्र पनि सोही शान्तिपूर्ण विधिबाटै अन्त्य गर्ने दाबी गरे। हालै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै उनले भने, “प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन… भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। लाने हो यसपालि टुंग्याएर छाड्ने हो।”

उनले आन्दोलनमा सहभागी सबैलाई इमान्दार भएर यसलाई सफल बनाउन अपील गरेका छन्। यसरी लिङ्देनले आफ्नो आगामी आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र यसलाई निष्कर्षमा पुर्‍याउने अठोट व्यक्त गरेका छन्।

२०८२ जेष्ठ ६, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ६, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ