+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा बुझाइयो

अत्रिदेव खबर
२०८२ जेष्ठ ४, आईतबार

काठमाडौं : प्रतिनिधि सभाको शिक्षा समितिद्वारा गठन गरिएको संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिमा बुझाएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा बनेको उपसमितिले १०८ बुँदे प्रतिवेदन पेश गरेको हो।

संयोजक विश्वकर्माका अनुसार १६३ दफाको विधेयकमध्ये १०१ दफामा परिमार्जन गरिएको छ भने १३ वटा नयाँ दफा थपिएका छन्। त्यसैगरी ४ वटा दफा हटाइएका छन् भने १३ दफामा नयाँ दफा प्रतिस्थापन गरिएको छ। ६२ वटा दफा भने सरकारले प्रस्ताव गरेकै रूपमा रहने उल्लेख गरिएको छ।

उपसमितिका अनुसार यो प्रतिवेदन तयार पार्न १५२ समूहमा विभाजित १६१ जना सांसदहरूबाट दर्ता गरिएका १,७५८ संशोधन प्रस्तावहरूमाथि छलफल गरिएको थियो।

शिक्षा समितिको २०८१ चैत ८ गतेको बैठकले उपसमिति गठन गरेको थियो। सरकारले यो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गर्ने तयारी गरिरहेको छ।

२०८२ जेष्ठ ४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ