+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारत-पाकिस्तानबीच तनाव उत्कर्षमा: सीमामा युद्धको बादल मडारिदै

अत्रिदेव खबर
२०८२ बैशाख २५, बिहिबार

भारत : भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि चर्किएको छ। मंगलबार राति भारतले पाकिस्तान नियन्त्रित जम्मु कश्मिर क्षेत्रमा आतंकवादी आश्रयस्थललाई निशाना बनाउँदै व्यापक आक्रमण गरेको थियो। उक्त आक्रमणलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएर स्थल, जल र वायु सेनाको संयुक्त प्रयासमा सम्पन्न गरेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमले कम्तीमा ५० जनाभन्दा बढीको मृत्यु भएको दाबी गरिरहेको छ भने केही स्रोतहरूले यो संख्या सयभन्दा माथि रहेको बताइरहेका छन्। आक्रमणमा पाकिस्तान समर्थित धेरै आतंकवादी नेताहरू मारिएको भारतीय पक्षको भनाइ छ।

यो आक्रमणपछि पाकिस्तानले पनि जवाफी कारबाही थालेको छ। पाकिस्तानी सेनाले बुधबारदेखि सीमावर्ती भारतीय बस्तीहरूमा गोलीबारी र बमबारी गरिरहेको छ। भारतीय पक्षले यस आक्रमणमा एकजना अधिकृत (लेस नायक) दिनेश कुमारको निधन भएको पुष्टि गरेको छ। पाकिस्तानी बमबारीका कारण भारतीय क्षेत्रमा कम्तीमा १५ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको जनाइएको छ।

गत अप्रिल २२ मा जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी हमलामा २६ जना पर्यटकको हत्या भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो। उक्त घटनामा एक नेपाली नागरिकको समेत मृत्यु भएको थियो।

भारतले यस आक्रमणलाई “युद्धको सुरुवात” भनेको छ भने पाकिस्तानले पनि कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। दुबै देशका सरकारहरूले आफ्ना सैनिकहरूलाई युद्धका लागि तयारी अवस्थामा राखेका छन्।

सीमामा दुवै पक्षबाट व्यापक सैन्य उपस्थितिले युद्धको जोखिम बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आह्वान गरिरहेको बेला क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती देखापरेको छ।

२०८२ बैशाख २५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ