+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओली र भाजपाका विदेश प्रमुख विजय चौथाइवालेबीच बालुवाटारमा भेटवार्ता,

अत्रिदेव खबर
२०८२ बैशाख १८, बिहिबार

काठमाडौं — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय विकास र पारस्परिक हितका विविध विषयमा गहन छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा दुई देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउन राजनीतिक तहमा संवाद र सहयोग आवश्यक रहेकोमा दुवै पक्ष एकमत देखिएका थिए। प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै पारस्परिक सम्मान र बराबरीको आधारमा सम्बन्ध विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।

भाजपाका नेता चौथाइवालेले पनि भारत सरकार तथा भाजपा नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको भन्दै आर्थिक, धार्मिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा सहकार्य बढाउन सकिने सुझाव राखेका थिए।

भेटवार्तामा पछिल्लो समय विकसित क्षेत्रीय परिस्थितिहरू, सीमा व्यवस्थापन, व्यापार तथा लगानी प्रवर्द्धनका विषयहरू पनि समेटिएको स्रोतले जनाएको छ। चौथाइवाले केही दिनको नेपाल भ्रमणमा छन् र उनले विभिन्न नेताहरू तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

२०८२ बैशाख १८, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १८, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ